ट्रम्पद्वारा भियतनामसँग व्यापार सम्झौताको घोषणा

डिसी नेपाल
१९ असार २०८२ ११:४२
88
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरे। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाउनेछ ।

ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भनेका छन् – यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन।

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो।

युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरू हाल अमेरिकी भन्सार लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन्।

ट्यारिफ भनेको आयातमा लगाइएको शुल्क हो जुन अर्को देशबाट सामान आयात गर्ने कम्पनीले तिर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *