संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ: सभापति देउवा

डिसी नेपाल
२१ असार २०८२ १९:१९
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन्।

शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताएका हुन्।

उनले भने, ‘गिरिजा प्रसाद कोइराला लडाकु व्यक्ति हो। उहाँ नभएको भए वास्तवमा गणतन्त्र आउने नै थिएन त्यस्तो आटिँलो व्यक्ति हो। त्यसबेला मान्छेले गणतन्त्र ल्याउन भनेर सोच्न नै सक्दैन् थिए। उहाँले अरु पार्टीसँग समन्वय गरेर पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पास भएको थियो। गणतन्त्र ल्याउने श्रेय गिरिजा प्रसादलाई जान्छ। नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद नै हो।’

उनले गणतान्त्रिक मुलुकमा समस्या आउनु सामान्य रहेको भन्दै समाधान गर्दै जाने र गणतन्त्र सुदृढ गर्न सुरुवात गरेको पनि बताए। उनले हिमाल बचाउनको लागि काम गर्नुपर्ने समेत बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *