सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

डिसी नेपाल
२२ असार २०८२ १८:३३
16
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन्।

गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन्।

गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा भूमिका निर्वाह गरेको बताए।

छिन्नलताको १०३औं जन्मजयन्ती तथा ४३औं ‘छिन्नलता गीत पुरस्कार समर्पण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समाजमा लुकेर बसेका प्रतिभालाई खोजेर सम्मान गर्ने कामको प्रशंसा गरेका हुन्।

गुठीले यसअघि नै २०८१ को छिन्नलता पुरस्कार गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाइ प्रदान गर्ने निर्णय गरेको थियो।

छिन्नलता गीत पुरस्कार भने गीत रचनातर्फ राजेन्द्र रिजाल ,सङ्गीततर्फ आभास (अच्युत फुयाल ) त्यसैगरि युवा प्रतिभा पुरस्कार एसडि योगीलाइ २०८१ सालको लोकप्रिय गीत ’रुकुममै कोट’को स्वरका र सङ्गीतको लागि प्रदान गर्ने निर्णय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *