‘नेपाल स्ट्रिट प्रिमियर लिग’ क्रिकेट आयोजना हुँदै

डिसी नेपाल
२३ असार २०८२ १७:५५
48
Shares

काठमाडौं। नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट प्रतियोगिता आगामी असोजमा काठमाडौंमा आयोजना हुने भएको छ।

डीजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

प्रतियोगितामा ७ वटा टिम सहभागी हुने र कुल २२ खेल खेलाइने नेपाल स्ट्रिट प्रिमियर लिगका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए। सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलाइने लिगमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्ने उनले बताए। अध्यक्ष सिंहले विजेता टिमले २९ लाख रुपैयाँ तथा उपविजेता टिमले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुने आयोजकले जनाएको छ। यसैबीच आयोजकले प्रतियोगिताको ब्रान्ड एम्बेसडरको रुपमा नायक निखिल उप्रेतीलाई आवद्ध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *