भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षति, २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

डिसी नेपाल
२४ असार २०८२ ११:०५
300
Shares

काठमाडौं। सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन्।

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ। पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने। ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *