नदीमा फसेका छ जनाको उद्धार
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ।
नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिए।
उनका अनुसार टापुमा श्राद्ध गर्न गएका निज व्यक्ति मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment