बालाजुको जेब्रा झोला फ्याक्ट्रीमा आगलागी

डिसी नेपाल
२९ असार २०८२ १७:३६
148
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका१६ बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आइतबार दिउँसो आगलागी भएको छ।

दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका र स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी र अन्य निकायका दमकल परिचालन गरिएका थिए।

आगोको कारण फ्याक्ट्रीमा ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *