बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो
रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ। खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो।
ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो।
तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन्। २३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए। नेपाली कन्टेनरका साथै खोलाको तटीय क्षेत्रमा रहेको चिनियाँ एक भवन पनि डुबेको बताइएको छ।
रसुवा भन्सार कार्यालय हाताभित्रबाट बाढीले बगाएका/डुबानमा परेका ७० वटा विद्युतीय कार, छवटा ठुला ट्रक, २४ वटा कन्टेनर र क्षतिग्रस्त केही सवारीसाधनलाई सुरक्षित स्थानमा सार्ने कार्य अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment