नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा पछाडि धकेलियो

डिसी नेपाल
३१ असार २०८२ १८:३४
520
Shares

काठमाडौं। वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा पछाडि धकेलिएको छ।

बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप ९साफ० अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा  पछाडि धकेलिएको हो। उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ। त्यसअघि ६ः४५ बजे हुने तालिका थियो।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

त्यसैगरी श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० ले पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *