देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति
मुगु। मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर देउडा मार्फत साउने संक्रान्ति मनाएका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर -२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सदरमुकामको शिरमा रहेको बाजथला हरियाली पार्कमा देउडा संरक्षण गर्दै नगरबासिले देउडा खेलेर साउने संक्रान्ति मनाएका हुन्।
संक्रान्तिकै अवसरमा बिहीबार छायाँनाथ रारा नगरपालिका भित्र रहेका १ वडा देखि १४ वटै वडाका भित्र बस्ने महिला देउडा टिमबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो।
त्यसैगरी, महिला र पुरुषबीच पनि हिजोआज देशमा चलिरहेको राजनीति , र जिल्लामा रहेका रितिरिवाज, धर्म ,भेषभूषा,लोपमुलक रैथाने बालिको संरक्षण बारे रोचक देउडा खेल भएको थियो।
यसैगरी पार्क वरिपरि हरियालि बनाउनको लागि १सय भन्दा बढी बिरुवा रोपेका छन् , पर्यटन प्रर्वद्धन विकासमा टेवा पुगोस् भन्ने हिसावले यहाँ पार्क निर्माण गरि छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए।



No ads found for this position

डिसी नेपाल
Facebook Comment