जित्नै पर्ने दबाबकाबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

डिसी नेपाल
५ साउन २०८२ ६:४८
1.3k
Shares

काठमाडौं। नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन्। नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिड्न लागेकाे हो।

यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुँदैछ। सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ। हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

सो क्रममा नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बिवश भएको थियो।

तर, ‘राउण्ड रोविन लिग’ को अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ। किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ।

त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्य छ। त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ। त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ।

हालसम्म ५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ। दुवै टिमले समान ४ गोल व्यहोरेका छन्। नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो।

अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोलअन्तरमा पनि उ एक गोलले अघि रहेको छ। तर, आज जित्नै पर्ने दबाबकाबीच नेपाली महिला फुटबलर मैदानमा उत्रँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *