यस वर्षको एसिया कपको तालिका सार्वजनिक
काठमाडौं । पुरुष एसिया कप क्रिकेट प्रतियोगिता ९ सेप्टेम्बर देखि २८ सेप्टेम्बर २०२५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ।
यो जानकारी एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएका हुन्। एसिया कपमा भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ मा हुनेछ।

एसियाली क्रिकेट परिषद् एसीसीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो जानकारी साझा गरेको छ । प्रतियोगितामा भारत, पाकिस्तान, युएई र ओमान समूह ए मा छन्।
समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन्। यस पटक एसिया कप टी-२० फर्म्याटमा खेलाइनेछ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment