मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
काठमाडाैं। १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म हुँदैछ।
‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्। उनले आफ्नो प्रतिभा र कडा परिश्रमले यो उपाधि जितेकी थिइन्।

प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्। उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन्। यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा धेरै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्रले मार्गदर्शन गरेका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउनेमा सबैले विश्वास व्यक्त गरेका छन्। उनको कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment