रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश

डिसी नेपाल
१७ साउन २०८२ ७:३४
972
Shares

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन्।

ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ। मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन। जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ। र हामी पूर्ण रूपमा तयार छौँ।’

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तयारी’को प्रयास भएको बताएका छन्।

रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित ग¥यो भन्नेबारे प्रष्ट खुलाइएको छैन। तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *