गायक तुला पर्वतले ल्याए तिम्रो मेरोको भिडियो
काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ।
गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय गरेका छन्।
प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन्। तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन्।
भिडियोले माया गर्ने दुई मनहरु पनि यसरी समयसँगै छुट्नुपर्ने बाध्यताको कथालाई सशक्त रुपमा देखाएको छ। आफ्नो जीवनको खास मान्छे टाढिँदा पनि भोली सम्झेर जीवन बाँच्नै पर्ने कथालाई दर्शकले रुचाएका छन्। यो मसाचार तयार पार्दासम्म २० हजार बढी दर्शकले हेरेको गीतको छायांकन ३ दिन लगाएर गरिएको हो।
सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा संगीतका तुलाकै अफिसियल च्यानल वाईडस्क्रिन मिडियाबाट बजारमा आएको हो।
करिब २ दशक मकाउमा प्रवासी जीवन बिताईसकेका गायक तुला पर्वत नेपाली गीत संगीतलाई निकै माया गर्ने स्रष्टा हुन्। उनले करिब ३ दर्जन गीतको भिडियो बजारमा ल्याएका छन्। आफ्नै लगानीमा भिडियो निर्माण गर्ने यी गायकले हालै रिलिज गरेको प्रेम वियोगले भरिएको यो मर्मस्पशी भिडियो तिम्रो मेरोले पनि चर्चा बटुलीरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment