धरान स्पोर्टस् अवार्ड: शाहिल राई उत्कृष्ट खेलाडी

डिसी नेपाल
१७ साउन २०८२ २३:३१
16
Shares

धरान। धरान खेलकुद मञ्चद्वारा आज यहाँ आयोजित धरान स्पोर्टस् अवार्ड–२०८२ मा कराते खेलाडी शाहिल राई उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

यस्तै महिलातर्फ करातेकै वर्षा राईले उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधि प्राप्त गरिन् । दुवैले जनही रु ३० हजार पुरस्कार प्राप्त गरे। उत्कृष्ट वर्ष प्रशिक्षकबाट करातेकै किरण लामा पुरस्कृत भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरेका छन्।

पन्ध्र वर्षमुनिका खेलाडीलाई प्रदान गरिने ‘द राइजिङ प्लेयर’ अवार्ड ब्याडमिन्टन खेलाडी सुलेखाकुमारी ठाकुरले प्राप्त गरिन्। मोस्ट भ्यालुएवल प्लेयरको पुरस्कार फुटबल खेलाडी मनोज राईले प्राप्त गरे। पारा ओलम्पिकमा पदक विजेता धरानका विवेक राईलाई ‘विक्रम राई स्मृति अवार्ड’ प्रदान गरियो। उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ।

यसैगरी ‘लेजेन्ड अफ द इयर’ को उपाधि कराते प्रशिक्षक दिपेश शाक्यलाई प्रदान गरियो। ‘उत्कृष्ट खेल पत्रकार’को अवार्ड ब्लाष्ट टाइम्सका भोजराज श्रेष्ठलाई प्रदान गरियो। दुवैलाई जनही रु १५ हजार प्रदान गरिएको धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *