कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड
एजेन्सी। दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ।
सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ। अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ।
शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ। यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो।
जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो।
सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ। (एएनआइ)
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment