कोरिया सन् २०२५ को इपिएस भाषा परीक्षा सञ्चालन गर्दै
काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ।
आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले जनाएको छ।
एचआरडी कोरियाले वेबसाइटमार्फत् यसबारे जनाएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने अझै खुलाइएको छैन।
दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment