कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन्।
उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु।’
यस्तै, उनले बहुविवाहको बाटो खोल्नेगरि कानूनमा हुन लागेको संशोधन रोकिनु पर्ने भन्दै प्रेस स्वतन्त्रता कुन्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरि अघि बढाउनुपर्ने बताए।
आठ अर्बभन्दा बढीको पासपोर्ट छपाइको ठेक्का सेटिङमा दिनेगरि षडयन्त्र गरेको भन्दै उक्त ठेक्का खारेज गरि छानबिन गरेर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने पनि उनको माग रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment