पूर्व राष्ट्रपतिद्वारा भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण छात्रा र छात्रलाई बधाई

डिसी नेपाल
२० साउन २०८२ ९:५८
36
Shares

काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रा र छात्रलाई बधाई तथा शुभकामना व्यक्त गरे।

उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेखेका छन् “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।” परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै पूर्वराष्ट्रपति भण्डारीले असफलता अन्त्य होइन, नयाँ सुरुआतको अवसर हो । अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताए।

उनले लेखका छन्, “शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवनलाई उज्यालो बनाउँदै लैजानु हुनेछ भन्ने आशा राख्दछु ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *