ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ। बोल्सोनारोमाथि कूको आरोपमा मुद्दा चलिरहेको छ।
उनले कथित कू षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन्।
न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना आफूमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए।
यसमा, बोल्सोनारोको कानुनी टोलीले रोक आदेश उल्लङ्घन गरेको अस्वीकार गर्यो र यो निर्णय विरुद्ध अपील गर्ने बताएको थियो।
ब्राजिलको सर्वोच्च अदालतको यो आदेशको अमेरिकाले निन्दा गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment