चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर
एजेन्सी । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ। दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो।
शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो।
स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्।
स्टोर अटो डिलरशिपहरू जस्तै देखिन्छ। जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन्। साथै अतिरिक्त सेवाहरूपनि राखिएको छ।
स्टोर उद्घाटनको दिन २६ रोबोट कम्पनीहरूले स्टोरसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमा ५० ह्युमनोइड र सेवा रोबोट फर्महरू सहित दर्जनौं अन्यले चासो व्यक्त गरेका छन्। (सीसीटीभीप्लस)
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment