निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको असहमति

डिसी नेपाल
२२ साउन २०८२ २१:३०
36
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताए। आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो।

‘स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षा बमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो’, एमाले केन्द्रीय निर्वाचन प्रमुख आचार्यले भने।

उनले सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले अहसमति रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *