राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
२३ साउन २०८२ ७:०२
36
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।

शुक्रबार बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन्।

साथै, बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *