उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री

डिसी नेपाल
२३ साउन २०८२ ७:२९
56
Shares

काठमाडौं। प्रधनमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कुटनीतिक छलफल भएको जानकारी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदे उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्का कुटनीतिक छलफल भएको बताएका हुन्।

उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *