धान गोड्न व्यस्त जहदाका किसानहरु (फोटो फिचर)

डिसी नेपाल
२३ साउन २०८२ ९:४८
44
Shares

काठमाडौ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन्।

हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ। सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसान धमाधम धान गोडिरहेका हुन्।

नेपालका अधिकांश मानिसको जीविकोपार्जनको प्रमुख आधार कृषि हो। सोही कारण खेती समय किसानहरू खेतबारी मै व्यस्त देखिन्छन्। कहिले बाली लगाउने, कहिले भित्र्याउने, कहिले मल, कहिले सिँचाइ र गोडमेल। यस्तै कर्ममा किसानको दैनिकी बितिरहेको हुन्छ।

किसान बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्कन्छन्। भर्खरै रोपेको धानलाई भफरले खाने भएपछि गोड्नुपर्ने हुन्छ। हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा व्यस्त हुन्छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *