कस्तो छ गायक खेम सेन्चुरीको स्वास्थ्य?
काठमाडौं । लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार देखिएको छ।
बिहीबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका सेन्चुरीको स्वास्थ्यमा सुधार देखिएको बताइएको छ।
परीक्षणका क्रममा खेमको कोखामा पत्थरी देखिएको थियो। बिहीबार उनी एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि सिनामंगलस्थि एक अस्पतालमा भर्ना भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment