अमेरिकाले छिमेकी देशका राष्ट्रपतिको टाउकोको मूल्य तोक्यो, पक्राउ गर्न सघाउनेलाई ५ करोड डलर

डिसी नेपाल
२३ साउन २०८२ १२:४९
9.8k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको छ।

अमेरिकी प्रशासनले मादुरोलाई “विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करहरू मध्ये एक” भएको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन्।

जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए, जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गर्यो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भने ‘पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार अब दोब्बर गरिएको छ किनभने मादुरो लागूपदार्थको तस्करीमा प्रत्यक्ष रूपमा संलग्न छन्।’

भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई “अर्थहीन” भनेर वर्णन गरे र यसलाई “राजनीतिक प्रचार” भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *