‘रजतपट अंकल’ले बार्गेनिङ गरेको फिल्म निर्माताको आरोप

डिसी नेपाल
२३ साउन २०८२ १४:०८
416
Shares

काठमाडौं। रजतपट कार्यक्रम सञ्चालक फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि बार्गेनिङ गरेको आरोप लागेको छ। रकम दिएको आधारमा फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम, लगानीकर्ताको चरित्र हत्या गर्ने गम्भीर आरोप उनी माथी लागेको हो।

नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाई गरेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत सुबेदीलाई सो आरोप लगाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

हाम्रो अभिमन्यु चलचित्रको मिडिया कोअर्डिनेटसँग रजतपट टिमले प्रमोशनको लागि पैसा छुट्याएको छ कि छैन भनेर पैसा मागेपछि मैले हुँदैन भनें। चलचित्र राम्रो बनाको छु म यो पल्ट पनि रजतपटमा नगर्ने भने पछि दुश्मनी निकाल्न प्रकाश सुबेदी सरले मेरो बारेमा हिजोको एपिसोडमा रिपोट बनाउनु भएछ।

हुन त धेरै जना यस्तो बिषय आउँदा डराएर चुपलाग्नु हुन्छ। किनकि भोलि रजतपटटिमले रिलिज भएछि रिपोर्ट बनाएर फिल्मको बारे नराम्रो भनिदिनुहोला भनेर। तर मलाई यो कुराको मतलब छैन।त्यही प्रोडुसरको पैसा लिएर त्यहि प्रोडुसरको खेदो खनेको देखेको छु मैले।

आखिर रजतपट लाई पैसा नदिदापनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी हैन र कि रजतपटलाई पैसा दिँदैमा हिट हुने हो र ?

हेर्नु तपाईंको जस्तो चिप्लो घस्न आउँदैन। हाम्रा सिदा बात नो बक्वास। ल गीत बुष्ट गरे, सोसलमिडियोमा कन्टेन्ट बुष्ट गरे, टिकट पनि काटे के मैले पाप गरेर कि अरुको पैसा ठगेर धम्क्याएर गरेरु  नितान्त मेरो गोजिको पैसा हालेर गरे के यसो गर्नु अपराध होरु मेरो फिल्को मार्केटिङ गर्न मैले आफ्नो हिसाबले नपाउनेरु के तपाईंको कार्यक्रम मा मार्केटिगङ गर्नु अनिवार्य हो। हामी फिल्म बनाउने मान्छे हो हजुर अरूको कन्ट्रोभर्सी बनाउने मान्छे हैन।

र अर्को कुरा पूर्णबहादुरको सारंगीको पैसा नहुदाँपनि मैले भात खाएकै थिएँ है र अहिले पनि त्यही भात नै हो। पूर्ण बहादुरको सारंगीको पैसाको कोस्ले मिलेर हिनामिना तपाईंलाई त पक्कै थाहा छ होला किनकि कस्ले कतिको बुष्टिङ गर्यो त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला र???


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *