एएफसी यू–२० महिला एसियन कप छनोट
नेपालले साउदी अरेबियालाई हरायो
काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो। खेलको ९० औँ मिनेटमा नेपालकी शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन्।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ। प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment