ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा हुने

डिसी नेपाल
२७ साउन २०८२ १६:३२
20
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ।

मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा बालबालिकाको हक हित र वृहत्तर विकासमा फुटबल दरिलो माध्यम बनाउने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले जानकारी दिए।

उनको अनुसार एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालबीच ४९ वटा जिल्लामा संयुक्त रुपमा ग्रासरुट्स कार्यक्रम गर्ने सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको भएको हो।

उनले भने, ‘टिडिएच चाइल्ड नेपालसँग एन्फा जोडिन पाउँदा खुसी लागेको छ। कार्यक्रम ४९ जिल्लामा हुने छ। ४९ जिल्लाको बालबालिकाहरुमा हामी फुटबलको ग्रासरुट्स कार्यक्रम लिएर संयुक्त रुपमा काम गर्न लागेको छौं।’

एन्फा अध्यक्ष नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

त्यस्तै कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *