फिलिपिनीलाई पच्छ्याउँदा चिनियाँ सैनिक पानीजहाज एकापसमा ठोक्किए
काठमाडौं। दुई चिनियाँ जहाजहरू दक्षिण चीन सागरमा एक आपसमा ठोक्किएका छन्। सोमबार एक आपसमा ठोक्किएका कोस्ट गार्डका चिनियाँ जहाजको भिडियो फिलिपिन्सले सार्वजनिक गरेको छ।
फिलिपिन्सले सोसल मिडिया प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेको छ। भिडियोमा चिनियाँ नौसेनाको जहाज र चिनियाँ कोस्ट गार्डको जहाज दक्षिण चीन सागरमा फिलिपिन्सको गस्ती डुंगालाई पछ्याउने क्रममा एक अर्कासँग ठोक्किएको देखिएको छ।
फिलिपिन्स कोस्ट गार्डले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको छ। फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता कमोडोर जे तारिएलाले उक्त घटना दक्षिण चीन सागरमा विवादित स्कारबोरो शोल नजिक भएको बताए।
चिनियाँ कोस्ट गार्डका प्रवक्ता गान यूले सोमबार दक्षिण चीन सागरमा दुई चिनियाँ जहाजहरू बीचको टक्कर भएको पुष्टि गर्दै आधिकारिक बयान जारी गरेका छन्। ‘चीन कोस्ट गार्डले फिलिपिन्सको जहाजलाई भगाउनको लागि निगरानी, बाह्य दबाब, अवरोध र नियन्त्रण लगायतका कानून बमोजिम सबै आवश्यक कदम चालेको छ,’ उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment