‘भाग्यमा श्री छ’पछि गायनमा जम्दै गायिका रेखा पोखरेल

डिसी नेपाल
२८ साउन २०८२ १९:०५
140
Shares

काठमाडौं । रेखा पोखरेल ‘भाग्यमा श्री छ’ बोलको गीतबाट चर्चामा आएकी गायिका हुन्।

सानै उमेरदेखि गीत गाउन र समाजसेवामा रुचि भएकी उनले काठमाडौं आएसँगै ६ महिनाको अन्तरमा ९० भन्दा बढी गीत रेकर्ड गरेको दाबी गरेकी छन्।

गीत/संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत गायिका पोखरेल पछिल्ला दिनमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छन्। गायिका पोखरेलका भाग्यमा श्री छ, ऐना हेरेर भाटु, हत्केलाले आँखा छेक्छ सूर्य छेक्दैनलगायत गीत चर्चामा रहेका बेला उनका ६ वटा गीत रिलिजको तयारीमा छन्।

गायिका पोखरेल गीत संगीत क्षेत्रको सफल कलाकारको रुपमा आफूलाई दर्ज गर्न सफल बनिरहँदा उनले एकै दिनमा ७ वटा लाइभ दोहोरी गीत रेकर्ड गरेकी छन् भने ५ वटा गीतमा एकै दिनमा स्वर भरेकी छन्।

उनले अहिलेसम्म ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन्। जुन उनकै स्वरमा रहेका गीतहरू हुन्। गायिका पोखरेल अष्ट्रेलिया र अमेरिकाका कार्यक्रमका लागि पनि तयारी भइरहेको बताउँछिन्। तीज विशेष अवसरमा रेखा दाङको भालुवाङ र घोराइका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *