राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना गरेका छन्। त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गरेका थिए।
राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित संघीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment