डिसी नेपाल गाईजात्रा हाजिरी जवाफका विजेता कलाकारलाई पुरस्कार प्रदान
काठमाडौं । डिसी नेपालद्वारा आयोजित गाईजात्रा हाजिरी जवाफका विजेता कलाकारहरूलाई पुरस्कार प्रदान गरिएको छ।
गाईजात्राको अवसरमा साउन ३० मा आयोजित कार्यक्रमका प्रतिस्पर्धीहरूलाई मंगलबार एक समारोहबीच डिसी नेपालले पुरस्कार प्रदान गरेको हो।
पुरस्कृत हुनेमा कमेडी नाइटका भरतमणि पौडेल, सुमन कोइराला र कमेडी दरबारका हिमेश पन्त रहेका छन्। उनीहरूलाई जनही १६ हजार पाँच सयसहित सम्मान गरिएको हो। डिसी नेपालसँगै आयोजकका रुपमा बाङ्गा अक्षर रहेको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment