सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

डिसी नेपाल
७ भदौ २०८२ ८:०८
44
Shares

भरतपुर। सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो।

सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ। पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन्। यस सडकखण्ड पहिरोका कारण पटक-पटक अवरुद्ध हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *