कान्ति लोकपथमा पहिरो, सडक पूर्ण अवरुद्ध

डिसी नेपाल
७ भदौ २०८२ १०:११
36
Shares

मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहानै परेको अविरल वर्षापछि मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

सडक खुलाउने कार्य जारी रहेको र बाटो खुल्न करिब दुई घण्टा थप लाग्ने अनुमान गरिएको प्रहरीको भनाइ छ। पहिरोका कारण सयौँ सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *