‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
चितवन । स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन्। उनी छारे रोगबाट पनि पीडित थिइन्।
यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ। चितवनका ५८ जना यो रोगबाट पीडित छन्। एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment