श्रमदान मकवानपुर अभियानले हेटौंडा अस्पतालमा सरसफाइ सुरु

डिसी नेपाल
७ भदौ २०८२ १५:४०
20
Shares

हेटौंडा । श्रमदान मकवानपुर अभियानअन्तर्गत आजदेखि हेटौंडा अस्पताल परिसरमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ।

अभियानका संयोजक हरि खड्काका अनुसार सरसफाइको सुरुआत अस्पताल क्षेत्रबाट गरिएको हो। उनले अभियानमार्फत हेटौंडा तथा आसपासका क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए।

उनका अनुसार सरसफाइमा अभियानका सदस्य, स्थानीय स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ। अभियानले आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा पनि सरसफाइ, वातावरण संरक्षण र जनचेतनामूलक गतिविधि गर्ने योजना बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *