पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो।
३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी दायर मुद्दाको उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment