सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

डिसी नेपाल
१० भदौ २०८२ २३:२७
768
Shares

विर्तामोड। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा आज राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोक्किदा दुर्घटना भएको हो। दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनामा मारुती भ्यान चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारका लागि बि एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुलेको छैन।

सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बि एण्ड सी अस्पताल पुर्‍याइएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रहरीले बोलेरो पिकअप चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *