मोरङ कारागारको शौचालयमा महिला मृत फेला
विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन्। महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा उनको शव फेला परेको जेलर गौरव ढुंगेलले जानकारी दिए।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन्। कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते जन्म कैदको सजाय सुनाएको थियो। उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन्।
भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्। उनी र एक सन्तानको उद्धार गरिएको थियो। तर, पछि अर्का नाबालकको पनि मृत्यु भएको थियो।
उनका दुवै सन्तानको मृत्यु भएपछि जिल्ला अदालत सुनसरीले जन्मकैद सजाय सुनाएको थियो। उनीमा मानसिक समस्या देखिएको र काउन्सिलिङ समेत दिने गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment