काठमाडौंको जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

डिसी नेपाल
१३ भदौ २०८२ ८:०५
532
Shares

काठमाडौं। जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र-०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र स्कुटर पछाडि सवार काभ्रे पाँचखाल-२ घर भएका २३ वर्षिय नितेश नेपाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर रोकिराखेको बसको पछाडि ठोक्किएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *