नहरमा बग्दै गरेको अवस्थामा भेटियो महिलाको शव
विराटनगर । मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ।
बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment