मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

डिसी नेपाल
१४ भदौ २०८२ १९:५१
548
Shares

काठमाडौं। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन्। आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पारेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन्।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन्।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *