‘बुढेसकाल लामो भो’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं। मायाको खोजिमा भौतारिएको बिदेशिएको बुढेसकालको एक्लो जीवनलाई म्युजिक भिडियोमार्फत देखाउने सानो प्रयास स्वरूप “बुढेसकाल लामो भो” गीत सार्वजनिक भएको छ। जसमा अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा बसोबास गर्ने लोकल कलाकाहरुको अभिनय रहेको छ।
गायक अजित घिमिरेद्वारा गाइएको उक्त गीत लेख काफ्लेको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो। गीतमा शब्द प्रदीप केसीको, संगीत गायक स्व्यमको र म्युजिक एरेन्ज राजु कार्कीको रहेको छ। साथै, मिक्सिङ तथा मास्टरिङ भने किशोर थापाले गरेका छन्।
म्याडिसनको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा महेशराम श्रेष्ठ, अप्सरा गिरी, कल्पना रिजाल, सीमा पन्थी र प्रतिभा अर्यालको अभिनय रहेको छ।
भिडियोमा एक्लिएको बिदेशिएको कथाबस्तुलाई निर्देशक लेख काफ्लेले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। जसमा निर्देशन मास्केको भिडियोग्राफीको उत्कृष्ट देख्न सकिनेछ। असिस्टेन्ट भिडियोग्राफीमा बैछवि याकामी र असिस्टेन्ट निर्देशकमा जीवन सापकोटा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment