‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगालाई
काठमाडौं। ‘नेपाल आइडल’ सिजन-६ को उपाधि गंगा सोनामले जितेकी छिन्।
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन-६ कोसम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी सोनामले उपाधि हात पारेकी हुन्।
उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन्। त्यस्तै भारतकी बबिता थापामगर फस्र्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन्।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन्।
अघिल्लो वर्ष नेपाल आइडलमा करण परियारले उपाधि हात पारेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment