गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ। गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ। गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ। भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन्।
उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन्। रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए।
निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रीया दिनको लागि आग्रह गरेका छन्। गीत सार्वजनिक गरेसङ्गै उनी निकै उत्साहित भएको बताएकी छन्।
रिया खत्रीको आधिकारिक युट्युब च्यानल रिया खत्री अफिसियलले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ। उनका विभिन्न लाइभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौं दर्शकले हेरेर मन पराइसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment