कृषाको जन्मदिनमा ‘पारस’निर्माण घोषणा,पुरुषोत्तमले खिच्ने

डिसी नेपाल
१९ भदौ २०८२ १०:१२
64
Shares

काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा भएको छ। बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।

उनकै भाई बिशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए। उनीहरुको यो तेस्रो सहकार्य हो। निर्माता बिशालकोे पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।

केपी फिल्मस्का व्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायांकनमा जानेछ। बुधबार साँझ कालोपुल नजिक रहेको एक पार्टी प्यालेसमा फिल्मको घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताईन्।

‘पारसको बारेमा भन्नुपर्दा पहिलो पटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,‘निर्देशक कृषाले फिल्मको बारेमा जानकारी दिदै भनिन्,‘यहि हो अहिले जानकारी दिन मिल्ने। पछि भेट्ने फेरि बहानै हुँदैन।’ यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षको बारेमा बिस्तारै जानकारी दिने निर्देशक कृषाले बताईन्।

उनले थपिन्,‘यो फिल्मलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ। मैले निर्देशन गर्दैछु।’ निर्माता बिशाल चौलागाइँले दिदीको जन्मदिनमा फिल्म निर्माणको गर्ने योजना बनाएको बताए। साथै उनले पिताम्बरमा भएको गल्तीहरु अब निर्माण हुने फिल्म ‘पारस’मा सुधारिने बताए। ‘अघिल्लो वर्ष हामीले उहाँ (कृषा)लाई गिफ्ट नै दिएको हो। उहाँको सुटिङ हुँदा हुँदै पनि हामीले सेलेब्रेट गरेका थियौँ,’निर्माता बिशालले भने,‘सबैलाई थाहै छ कस्तो भाको थियो भन्ने।

सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनाका साथै नयाँ फिल्मका लागि शुभकामना दिए। निर्माण पक्षले यो फिल्मको रिलिज घोषणा भने गरेको छैन। कृषाको पहिलो निर्देशकिय फिल्म ‘ऐचोपैचो’हो। जुन समिक्षात्मक हिसावले सफल मानिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *