राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु

डिसी नेपाल
२१ भदौ २०८२ १४:०१
16
Shares

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडामा सुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको थियो।

अधिवेशनको औपचारिक सुरुवातको क्रममा राष्ट्रिय गानको ठाउँमा ‘श्रीमान् गम्भीर र नेपाली’ गीत बजाइएको थियो, जसले सम्पूर्ण उपस्थित दलीय कार्यकर्ता तथा शुभेच्छुकहरूमा राष्ट्रिय भावनाको उत्साह थपेको थियो। गीतको धुनसँगै कार्यक्रम स्थलमा विशेष प्रकारको उत्साह र गर्वको माहोल देखिएको थियो।

प्रमुख अतिथि सिंहले देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राप्रपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता, कार्यकर्ता र युवाहरूलाई संगठित भएर लाग्न आग्रह गरे। उनले अनुशासन, इमानदारी र राष्ट्रियताको भावना राप्रपाको मूलमन्त्र भएको उल्लेख गरे।

अधिवेशनमा मकवानपुरका क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा संगठनात्मक छलफलहरू पनि समावेश गरिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *